नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

कात्तिक २०, विराटनगर । मोरङको बेलवारी – ११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । 

 

लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक विद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । 

null

 

शिविरमा ८९ जनाको भिडियो एक्सरे, २३ जनाको ईसीजी र १०६ जनाको ल्यावटेष्ट गर्नुका साथै शिविरमा उपचार हुन नसकेका ३० जनालाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शिविरमा हाडजोर्नी, आँखा र छाला सम्बन्धि समस्याका बिरामीले बढी संख्यामा उपचार सेवा लिनुभयो’, उनले भने । 

नोबेल शिक्षण अस्पतालले ग्रामिण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्धेश्यले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

 

नोबेल अस्पताल सञ्चालक डा.शर्माले अवलम्बन गरेको विपन्न बिरामीलाई निःशुल्क र सहुलियत उपचार सेवा उपलब्ध गराउने नीति अनरुप नोबेल अस्पतालले नियमित शिविर सञ्चालन गर्दै आएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *