दैनिक उपभोग हुने मसलामा र स्वास्थ्यको समबन्ध

मसला हामीले दैनिक जिवनमा उपभोग हुने सामाग्री हो । हामी बिभिन्न परिकार बनाउँदा मसलाको प्रयोग गर्दछौं । मसलाले हामीले बनाएको परिकारमा स्वाद थप्ने काम गर्दछ । यो  बिनाको तरकारी नमिठो तथा खल्लो हुन्छ  । धेरैलाई थाहा  नहुन सक्छ जसरी हाम्रो परिकारमा स्वाद थप्ने काम मसलाले गर्दछ । त्यसैगरी हाम्रो स्वास्थ्यमा स्वास्थ्य जिवन बनाउन पनि मसलाको उतिकै महत्व हुन्छ । मसलाले हाम्रो स्वास्थ्यमा कसरी काम गर्दछ तल दिएका छन् । 

१. जीरास्वादखाना स्वादिष्ट बनाउनमा जीराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाल एवं तरकारीमा जीरा धेरै उपयोगी मानिन्छ । धेरै परिकारमा धेरै तरीकाले जीराको प्रयोग गरेको पाइन्छ । 

स्वास्थ्य– जीरा आयरन र क्याल्सियमको राम्रो स्रोत हो । यसले ‘इम्यून सिस्टम’ लाई स्वस्थ्य राख्न मद्धत गर्छ ।– जिरा राखेर उमालेको पानी पिउनाले ‘डिसेन्ट्री’ कम हुन्छ । – शरीरमा बढेको बोसो घटाउन जिरा धेरै उपयोगी मानिन्छ ।– डायबिटीजका बिरामीलाई जीराले फाइदा गर्छ ।– एसिडिटी भएकाले बेलामा एक चिम्टी जिरा खानाले तुरुन्त राहत मिल्छ ।– जीरामा आयरन धेरै हुने भएकाले एनिमियाका बिरामीका लागि धेरै उपयोगी मानिन्छ । 

null

जिरामा आयरन र क्याल्शिय धेरै हुने भएकाले स्तनपान गराउने महिलाका लागि यो धेरै लाभकारी मानिन्छ । जीरालाई भुटेर पिसेको पाउडर एक चम्चा बिहान बेलुका तातो पानी वा दूधमा पिउनाले धेरै फाइदा हुन्छ । 

२. हींगस्वाद– खानाको स्वाद बढ्दछ ।– हींगले झानेको दाल स्वादिष्ट हुन्छ । 

स्वास्थ्य– दाँत दुखेको बेला गालाको बाहिरी भागमा हींगको लेप लगाउनाले दुखाइ कम हुन्छ ।– नवजात शिशुको पेट दुखेको बेला नाइटाको वरिपरी यसको लेप लगाइदिनाले पेट दुखाइ कम हुन्छ ।– हींगको धूलोमा थोरै नून मिलाएर खाएमा ‘लो ब्लड प्रेसर’ ठीक हुन्छ ।– पेट दुखेको बेलामा हींग गुणकारी औषधि हो । 

कब्जीयतको समस्या भएमा हींगको धूलोमा थोरै सोडा मिलाएर राती सुत्नुभन्दा पहिले पिउनाले पेट सफा हुन्छ र कब्जीयतको समस्या हुँदैन । 

३. दालचिनीगरम मसला वा अन्य मसला बनाउन दालचिनीको प्रयोग गरिन्छ । दालचिनी राखेको चिया पनि स्वादिष्ट बन्दछ । 

स्वास्थ्य– दालचिनीमा हीलिंग र एन्टी इंफ्लैमेटरी गुण हुन्छ ।– चोट लागेको बेला यसको लेप लगाउनाले सुन्निन दिँदैन ।– यसले ब्लड कोलेस्ट्रोल कम गर्न मद्धत गर्छ । दिनहुँ बिहान खाली पेटमा एक चम्चा दालचिनी पाउडरमा मह मिलाएर मनतातो पानीमा खानाले धेरै फाइदा हुन्छ ।– दालचिनीले ब्लड सुगर लेवल नियन्त्रित गर्न मद्धत गर्दछ । डायबिटीज नभएका मानिसले पनि खाने गरेमा डायबिटीज हुनबाट बच्ने र भएकाहरुले खाएमा ब्लड ९ सुगर लेवल कम गर्न मद्धत गर्छ । 

४. बेसारयो बहुउपयोगी मसला हो । स्किन केयर प्रोडक्ट्समा पनि यसको प्रयोग गरिन्छ । 

स्वास्थ्य– बेसार एक राम्रो एन्टीसेप्टिक हो । चोट लागेर भएको घाउमा यसको लेप उपयोगी मानिन्छ ।– तातो दूधमा बेसार पाउडर मिलाएर पिउनाले रुघाखोकी, जीउ दुखेको, भित्री चोट आदिमा आराम मिल्छ – जाडो समयमा यसरी पिउनाले जोर्नी दुखेको कम हुन्छ । यसले हड्डी र शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।– बेसारमा रहेको एन्टीअक्सिडेन्टले क्यान्सरबाट बचाउन मद्धत गर्छ ।– यसले महिनावारी सम्बन्धी समस्या कम गर्न मद्धत गर्छ र रगत सफा पनि पार्दछ ।– शोधबाट पत्ता लागेअनुसार, बेसारले कोलेस्ट्रोल लेवल कम गर्दछ । जसले मुटुरोगको खतरा कम गर्दछ । 

५. धनिया– धनियालाई स्वादको तड्का मानिन्छ । खाना स्वादिष्ट बनाउन हरियो धनियाको पात प्रयोग गरिन्छ । – धनियाको सुकेको गेडा मसलाको रुपमा प्रयोग गरिन्छ । 

स्वास्थ्य– यसले घाँटी दुखेको, ज्वरो र पाचन सम्बन्धी समस्या कम गर्न मद्धत गर्छ ।– बाथ रोग र जोर्नी दुखेको बेलामा यसको लेप लाभकारी मानिन्छ ।– गर्मी मौसममा धनियाको धूलो राखेर मिश्री पानी खानाले शरीर शितल बनाउँछ ।– यदि ग्याँसको समस्या भएमा एक गिलास पानीमा दुइ चम्चा धनिया राखेर उमाल्नुपर्छ । यसलाई छानेर तीन भागमा बाड्ने र दिनमा तीनपटक यो पानी पिउँदा – ग्याँटिकको समस्या हट्दछ ।– धनियाको गेडा पानीमा उमालेर चिसो पारी पिउनाले कोलेस्ट्रोल लेवल कम हुन्छ । 

६. मरिचमरिचलाई स्वादको तड्का पनि भनिन्छ । तरकारी होस् वा ननभेज खाना स्पाइसी र स्वादिष्ट बनाउन मरिचको प्रयोग गरिन्छ । 

स्वास्थ्य– मरिच एक राम्रो एन्टीब्याक्टिरियल र एन्टी अक्सिडेन्ट हो ।– पाचनक्रियामा सहायक हुनुका साथै यसले ग्याँसको समस्याबाट पनि छुटकारा दिलाउँछ ।– मरिच राखेको चिया पिउँदा चिसो, खोकी र इन्फेक्सनमा राहत मिल्दछ ।– यदि लो ब्लड प्रेसरको समस्या भएमा दिनमा ५ दाना मरिचसँग २१ दाना किसमिस खाने गर्नाले यो समस्या कम हुन्छ ।– ग्याँस्टिकको समस्या भएमा एक कप पानीमा आधा कागतिको रस, आधा चम्चा मरिच पाउडर र आधा चम्चा बिरेनुन मिलाएर पिउनाले आराम मिल्दछ ।खोकी लाग्दा आधा चम्चा मरिच पाउडर र आधा चम्चा मह मिलाएर दिनमा ३–४ पटक चाट्दा धेरै आराम मिल्दछ । 

७ . अदुवाअदुवा स्वादको तड्का नै हो । भेज वा ननभेज खाना स्वादिष्ट बनाउन अदुवाको ग्रेवीको प्रयोग गरिन्छ । 

स्वास्थ्य– नियमित रुपले अदुवा खाने गर्नाले ग्याष्टिक र अपच कम हुन्छ ।– अदुवाको रस र मह मिसाएर खानाले खोकी कम हुन्छ । चिसो र रुघा लागेको समयमा अदुवा राखेर पकाएको चिया निकै लाभदायक हुन्छ ।– यसले कोलेस्ट्रोल लेवल पनि कम गर्न मद्धत गर्दछ ।– महिनावारीको समयमा हुने दुखाइ कम गर्न अदुवा खाने सल्लाह दिइन्छ ।– अदुवाको रसमा मेथी र मह मिलाएर खानाले दमका रोगीहरुलाई फाइदा हुन्छ 

८. सुकुमेल तरकारी, चिया र मिठाइहरुमा फ्लेवरका लागि सुकुमेलको प्रयोग गरिन्छ । यसले बास्ना बढाउनुका साथै खाना स्वादिष्ट बनाउँछ । 

स्वास्थ्य– सुकुमेल मुखमा राख्नाले मुखको दुर्गन्ध हटाउँछ ।– औषधि बनाउन यसको प्रयोग गरिन्छ ।– अपचको समस्या कम गर्न सहायक हुन्छ ।– रक्तचाप कम गर्न मद्धत गर्छ ।– यसले शरीरको डिटाक्स गर्नमा मद्धत गर्दछ ।– डायबिटीजका बिरामीहरुलाई सुकुमेलले फाइदाजनक गर्छ ।– घाँटी बसेको समस्यामा बिहान उठ्ने बित्तिकै र राति सुत्नुभन्दा पहिले सुकुमेल चबाएर मनतातो पानीमा खाएमा आराम मिल्दछ । 

  

९. तेजपत्तातेजपत्ताले खानाको फ्लेवर राम्रो बनाउँछ । तेजपत्ता हाल्नाले चिया पनि स्वादिलो बन्दछ । 

स्वास्थ्य– तेजपत्ताको तेलमा एन्टीफंगल र एन्टीब्याक्टेरीयल गुण हुन्छ जसले धेरै रोग कम गर्न मद्धत गर्दछ ।– चिसोमा खोकी लाग्दा तेजपत्ता राखेको चिया पिउँदा आराम मिल्दछ ।– निमोनिया हुँदा तेजपत्ता हालेर बनाएको काढा (तातोपानी) धेरै फाइदाजनक हुन्छ । यसका लागि तेजपत्ता, अलैची, सखर, कपूर र ल्वागलाई थोरै पानीमा ९ उमालेर काढा बनाउनुपर्दछ । 

१०. केसरकेसरले खानाको स्वाद बढाउनुका साथै छालाको रंग पनि निखार्ने गर्दछ । त्यसैले धेरै ब्यूटी प्रोडक्ट्समा यसको प्रयोग गरिन्छ । 

स्वास्थ्य– केसर छाला सम्बन्धि रोगमा फाइदाजनक हुन्छ ।– यसले चिसो, खोकी र दममा आराम पुयाउँदछ ।– चन्दन र केसर मिसाएर निधारमा लगाउनाले आँखा र मस्तिष्कलाई सितल मिल्दछ ।– गर्भवती महिलाहरुका लागि धेरै उपयोगी मानिन्छ । यसले बच्चालाई तन्दुरुस्त राख्नुका साथै धेरै रोगहरुबाट बचाउन मद्धत गर्छ ।– दुधमा थोरै केसर मिलाएर दिनहुँ पिउनाले दिमाग तेज हुनुको साथै पाचनतन्त्र पनि ठीक रहन्छ । 

११. ल्वांगमसलामा यसको प्रयोग गरिन्छ । 

स्वास्थ्य– ल्वागंमा एन्टीबायोटिक, एन्टीसेप्टिक, एन्टीभाइरल, एन्टीफंगल जस्ता गुण पाइन्छ ।– ल्वांगको तेल जिउ, दाँत दुख्दा र शरीर सुन्निएको बेलामा प्रयोग गर्नाले फाइदाजनक गर्छ ।– ल्वांगको तेल दम रोग र ब्रोन्काइटिसमा उपयोगी मानिन्छ ।– यो मसला दुखाइ र बाथ रोगमा फाइदाजनक मानिन्छ ।– ल्वांगले एन्टिसेप्टिकको काम गर्दछ । त्यसैले काटेको ठाउँमा ल्वांगको पेस्ट लगाउनाले आराम मिल्दछ र यसले छालामा जमेको ब्याक्टेरियालाई नस्ट गर्न मद्धत गर्छ । 

१२. मेथी मेथीको साग तरकारीको रुपमा प्रयोग गरिन्छ । मेथीको दाना मसला र तड्का ९झान्न० का लागि प्रयोग गरिन्छ । 

स्वास्थ्य– नियमित रुपले यसको सेवन गर्नाले ब्लड सुगर र कोलेस्ट्रोल कम हुन्छ ।– जाडोको समयमा मेथीको लड्डु बनाएर खानाले जीउ, जोर्नीहरुको दुखाइमा लाभ मानिन्छ ।– बिहान बेलुका मेथीको रस पिउनाले डायबिटीजका रोगीलाई उपयोगी हुन्छ ।– बिहान खाली पेटमा मेथीको चबाउनाले एक्ट्रा क्यालोरी बर्न हुन्छ ।– एक चम्चा मेथीको दाना दुइ गिलास पानीमा भिजाएर राख्ने । बिहान छानेर त्यो पानी पिउनाले तौल कम हुनुको साथै मिर्गौला स्वस्थ राख्न मद्धत गर्छ । 

१३. जायफलयो मसलाको र गार्निशिंगमा पाउडरको रुपमा प्रयोग गरिन्छ । यो गरम मसला हो । 

स्वास्थ्य– दम र मुटु सम्बन्धि रोगको उपचारमा यो धेरै उपयोगी मानिन्छ ।– यसले सास गन्हाउने समस्या कम गर्छ । निन्द्रा पनि राम्रो लाग्छ ।– यदि भोक नलागेमा एक चिम्टी जायफल खानुपर्छ । जायफले खाना छिटै पच्दछ र भोक लाग्दछ ।– सरस्यूको तेल र जायफलको तेल एक निश्चित अनुपातमा मिलाएर राख्ने, दिनमा २ –३ पटक त्यो तेलले मालिस गर्नाले जोर्नीको दुखाइ, सुन्निएको आदिबाट राहत मिल्दछ ।– जायफल, सुप र जीरा पिसेर चूर्ण बनाउने र खानुभन्दा पहिले पानीको साथ खाने गर्नाले ग्याँष्टिकको समस्या हटेर जान्छ । 

१४. ज्वानोपुरी ,परौठा बनाउने पिठो मुछ्दा थोरै ज्वानो राखेमा पुरी, परौठा स्वादिष्ट बन्दछ । 

स्वास्थ्य– ज्वानोले धेरै रोगहरुबाट छुटकारा दिलाउँछ । राति सुत्नुभन्दा पहिला तातो पानी र ज्वानो खाने गर्नाले पाचन तन्त्र ठीक रहन्छ र ग्याँष्टिकको समस्या पनि कम हुन्छ ।– पेट दुखेको बेला सखर र ज्वानो खाएमा समस्या कम हुन्छ ।– ज्वानो गर्मी चिज भएकाले रुघाखोकी लागेको बेला खाएमा आराम मिल्दछ ।– सबै किसिमको दुखाइमा ज्वानोको तेल उपयोगी हुन्छ ।– ज्वानो छाला सम्बन्धी रोगमा उपयोगी हुन्छ । चिलाउने समस्यामा ज्वानो पिसेर लगाउनाले आराम मिल्दछ । एजेन्सीको सहयोगमा 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *