एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगीताको तयारी तिव्र

मंसिर ९, ललितपुर । आगामी पुषमा हुने पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगितालाई नेपाल तेक्वान्डो संघले मान्यता दिएको छ । 

आगामी पुष १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने उक्त प्रतियोगिता सञ्चालनका लागि संघलाई आर्थिक भार नपर्ने गरि मान्यता दिएको हो । यद्धपी प्रतियोगिताका लागी अन्य प्राबिधिक सहयोग गर्ने संघका अध्यक्ष प्रकाश शमशेर राणाद्धारा जारी पत्रमा भनिएको छ । 

 

null

अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलकुद क्षेत्रको विकास , खेलाडीरुलाई प्रोत्साहन गर्नका लागी प्रतियोगीताको आयोजना गरिएको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्डो नेपालका अध्यक्ष केशव थापाले जानकारी दिएका छन् । 

उनले प्रतियोगिताको तयारी पनि तिव्र रुपमा अघि बढाईएको र खेलाडीहरुले नाम दर्ता गर्ने क्रम सुरु भएको बताए । प्रतियोगितामा सहभागिताका लागी पौष ८ गतेसम्म नाम दर्ता गर्न सक्ने थापाको भनाई छ । 

बिभिन्न बिधामा खेलाईने प्रतियोगीतामा प्रथम हुने टिमले रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै त्यस्तै द्धितिय हुने टिमले रु ५० हजार रुपैया प्राप्त गर्दा तृतिय हुने टिमले रु २५ हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गने आयोजकले जनाएको छ । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई जनही रु १० हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिता एभरेष्ट वर्ल्ड क्लास तेक्वान्डो नेपालको खेलस्थल भैसिपाटीमा हुने अध्यक्ष थापाले जानकारी दिए । यसअघि अमेरिका स्थित एभरेष्ट वर्ल्ड क्लास तेक्वान्डोको केन्द्रिय कार्यालयले सन २०२० मा विश्व तेक्वान्डो प्रतियोगिता गर्ने तालिका सार्बजनिक गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *