नर्भिक अस्पताललार्इ अमेरिकाकाे प्रतिष्ठित ‘द बिज अवार्ड’

मंसिर १, काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीलाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड’प्रदान गरिएको छ। दी वर्ल्ड कन्फडेरेसन अफ बिजिनेश (वर्ल्ड) नामक संस्थाले हिजाे साेल्टी हाेटलमा अायाेजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको हो। 

अायाेजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरेका छन् । 

अवार्ड प्रदान गर्दै संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलसले नेपालको चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्दै, यसलाई विश्वस्तरीय पारेकोले नर्भिकलाई यो अवार्ड दिएकाे बताए । नर्भिकले स्वास्थ्य सेवाका क्षेत्रमा भित्र्याएको नवीनतम प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवं नेपाली लगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पुर्‍याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाको सम्मान गरिएकाे हाे । 

null

 

समारेहमा बाेल्दै उपप्रधानमन्त्री यादवले नर्भिक अस्पतालले गुणस्तरीय सेवामा गरेको योगदानका लागि अन्तर्राष्ट्रिय पुरस्कार पाउनु नेपालको लागि पनि प्रतिष्ठाको विषय भएको बताए। ‘नेपालको उपचार सेवा अन्तर्राष्ट्रियस्तरकै छ भन्ने सन्देश नर्भिकले दिन सफल भएको छ, गुणस्तरीय सेवाका लागि नर्भिकले सधैं अग्रणी भूमिका खेल्दै आइरहेको छ ।’मन्त्री यादवले भने । 

समाराेहमा स्वास्थ्यमन्त्री समेत रहेका यादवले नेपालमा पछिल्लो समय मुटु रोग, मधुमेह लगायत नसर्ने रोगको भार बढ्दै गएकाले यस्ता रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे । 

नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशी जोगाएको बताउँदै नेताहरुलाई नेपालकै डाक्टर तथा स्वास्थ्य संस्थालाई विश्वास गर्न पनि आग्रह गरे। ‘राम्रो उपचार सेवाका लागि विदेश जानेहरुलाई रोक्न नर्भिक सफल भएको छ। यो नेपालीमाथिको गुन हो अब हाम्रा नेताहरूले पनि यहाँका अस्पताललार्इ विस्वास गर्नुपर्छ’ उनले भने। 

अवार्ड लिँदै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले अवार्डले गुणस्तरीय सेवा प्रवाहका लागि थप प्रेरणा मिलेको बताउँदै अन्तर्राष्ट्रियस्तरको उपचार सेवाका लागि अवार्ड पाउनु हाम्रा लागि मात्र नभई देशकै लागि पनि खुसीको कुरा भएकाे बतार्इन् । उनले अागामी दिनमा नर्भिककाे सेवालार्इ समय सापेक्ष अझ प्रभावकारी बनाउने प्रतिद्धता ब्यक्त गरिन् । 

साथै चाैधरीले नर्भिकले उपत्यकाबाहिरका विभिन्न स्थानमा सेवा विस्तार गर्ने याेजना बनाएकाे जानकारी दिइन् । उपत्यकाबाहिर पहिलो चरणमा सुनसरीको दुबही, पोखरा र बुटवलमा १/१ सय शय्याको अस्पताल बनाउने याेजना रहेकाे बतार्इन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *