पीपीयलः सन्नी पटेल बने उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर करण

कात्तिक २०, काठमाडौँ । चितवन राइनोजका सन्नी पटेल पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

पोखरा रंगशालामा भएको पीपीयल पहिलो संस्करण अन्तर्गतको खेलमा चितवनलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका सन्नी उत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

उनलाई उत्कृष्ट खेलाडीको उपाधिसहित मोटरसाइकल प्रदान गरिएको छ । त्यस्तै विजेता टोलीले २७ लाख र उपविजेता टोलीले १० लाख नगद उपहार प्राप्त गरेका छन् । 

null

यस्तै चितवन राइनोजका करण उत्कृष्ट बलर घोषित भएका छन् भने काठमाडौँ रोयल्सका गौरव तोमर बेस्ट ब्याट्सम्यान घोषित भए । उनीहरु दुबैले सुजुकीको मोटर साइकल प्राप्त गरेका छन्। 

त्यसैगरी पोखरा पल्टनका रसिद खान प्रतियोगिताको उदयमान खेलाडी घोषित भए भने पोखरा पल्टनकै अर्का खेलाडी ललितनारायण राजवंशी मोस्ट भ्यालुएवेल प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनीहरु दुवैले उपाधिसहित ५१ हजार नगद हात पारे । 

मंगलबार सम्पन्न फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै पीपीयलको उपाधि जितेको थियो । 

प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *