नेदरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश

एजेन्सी । नेदरल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । भर्जिल भान डिजिकले खेलको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनीसंग बराबरी खेल्दै नेदरल्याण्ड प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको छ । 

टिमो वार्नर र लिरो सानेले गोल गर्दै पहिलो हाफमा जर्मनीलाई २–० को अग्रता दिलाएका थिए । ९ औ मिनेटमा वार्नरले दिलाएको अग्रतालाई १९ औ मिनेटमा सानेले दोब्बर बनाएका थिए । 

तर खेल सकिन ५ मिनेट बाँकी छदाँ क्विन्सी प्रोमिसको गोल डच टोली खेलमा फर्कने संकेत गर्यो । नाटकिय खेलको अन्तिम मिनेटमा डिजिकले गोल गर्दै नेदरल्याण्डले प्रतियोगिताको सेमिफाईनल पु¥याउन सफल रहे । 

null

समुह एमा विश्व विजेता फ्रान्सलाई पछाडी पार्दै शीर्ष स्थानमा रहेर नेदरल्याण्ड सेमिफार्इनलमा स्थान बनाउन सफल रह्यो । 

योसंगै प्रतियोगिताको सेमिफाईनल पुग्ने चार टोलीको टुङ्गो लाग्यो । नेदरल्याण्डसंगै ईङ्ल्याण्ड, पोर्चुगल र स्विटजरल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका छन् । नेदरल्याण्डसंग बराबरी खेल्दै जर्मनी भने रेलिगेशनमा परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *