यि हुन् हर्टअट्याक हुने मुख्य कारणहरु

हर्टअट्याक अर्थात हृदयघात आजभोलि दिनानु हर्टअट्याकले मृत्यु हुनेको संख्या बढी रहेको छ । यो अकस्मात हुने मुटुको रोग हो । यो रोग हामीले हाम्रो स्वास्थ्य सम्बन्धी सामान्य कुरालाई पनि हेलचेक्याई गर्दा पनि हुने गर्दछ । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । 

छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ ।  

उच्च कोलेस्टेरोलउच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ ।धुम्रपानधुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ । 

null

उच्च रक्तचापउच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ । 

मधुमेहमधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ । 

मोटोपनामोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ। 

वंशाणुगतपरिवारमा कसैलाई हर्टअट्याक ९पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र० भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ। 

अत्याधिक मदिरा सेवननियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ। 

मानसिक तनावमानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *