थ्रि–स्टारको शानदार जित, ब्रिगेड ब्वाइज ५–१ ले पराजित

मंसिर २, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५–१ गोलले हराएको छ। 

आइतबार अपरान्ह एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न खेलमा थ्रि–स्टारले शानदार जित हात पारेको हो । 

पहिलो हाफमा एक गोलको अग्रता लिएको थ्रि–स्टारले दोस्रो हाफमा लगातार ४ गोल गरेको थियो। ब्रिगेड ब्वाइजले भने खेलमा एक सान्त्वना गोल फर्काउन सफल भयो। 

null

थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रन्जन बिष्ट, निराजन खड्का र कप्तान बिक्रम लामाले एक एक गोल गरे । ब्रिगेडका रजत तिवारीले एक गोल फर्काए । 

कप्तान बिक्रमले पुनरागमन गरेको खेलमा थ्री स्टारले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो । चोटका कारण करिब ८ महिना मैदान बाहिर रहेका कप्तान बिक्रम ब्रिगेडविरुद्धको खेलसंगै मैदान फर्किएका हुन् । 

खेलको नवौं मिनेटमा रजिनले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । ब्रिगेड ब्वाईजका खेलाडीले निराजन खड्कालाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा रजिनले गोल गरेका हुन् । 

यस्तै खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । तर, ७४ औं मिनेटमा रजतले गोल गर्दै ब्रिगेड ब्वाईजलाई २–१ को स्थितिमा ल्याए । 

राजन तिवारीले आकर्षक गोल गरेका थिए। त्यसपछि खेलको ८५ औं मिनेटमा थ्रि–स्टारका लागि रन्जन विष्टले तेस्रो गोल गरेका थिए। ३–१ को अग्रता लिइसकेको थ्रि–स्टार फेरी गोलगर्न सफल भयो। 

खेलको ९० औं मिनेटमा निराजन खड्काले डिबक्स बाहिरबाट आकर्षक गोल गरेका थिए। खेल ४–१ मै सम्पन हुने अनुमान गरिएपछि अतिरिक्त समयमा थ्रि–स्टारका विक्रम लामाले उत्कृष्ट गोलगर्दै टोलीलाई ५–१ को जित दिलाए। 

आजको जितसँगै थ्रि–स्टार अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मनाङ र थ्रि–स्टार दुवैको ६ अंक भएपनि गोल अन्तरका आधारमा थ्रि–स्टार शीर्ष स्थानमा रहन सफल भएको हो। यस्तै दुवै खेल हारेको ब्रिगेड ब्वाइजभने शून्य अंक सहित पुछारमा छ। 

यसअघि पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो । 

यता ब्रिगेड ब्वाईजले भने लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा ब्रिगेडले मनाङसंग ३ ( १ को पराजय व्यहोरेको थियो । ब्रिगेडले २ खेलमा अंक जोड्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *