क्यालिफोर्नियामा गोली प्रहार, १२ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्री क्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ । 

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । 

आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई गोली हानेको हुनसक्ने बताइएको छ । 

null

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । ती व्यक्ति अमेरिकाको सुरक्षा संयन्त्र म्यारिन कोर्पसका २८ वर्षका पूर्व कर्मचारी लान डेभिड रहेको प्रहरीले जनाएको छ । 

उनी मानसिक रोगी भएको पनि प्रहरीले उल्लेख गरेको  छ । उनलाई यसै वर्ष ‘एबनर्मल’ व्यवहार देखाएको भन्दै जागिरबाट बर्खास्त गरिएको थियो । प्रहरीका अनुसार उनी कालो कपडा लगाएर बारमा गएका थिए । आफूले कानूनी रुपमा लिएको बन्दुकले उनले बारमा आक्रमण गरेका थिए । 

आक्रमणमा १० जना घाइते भएको जनाइएको छ । त्यो डान्सबारभित्र १२ सय जना मानिस रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *