टोटेनहमसंग चेल्सी स्तब्ध, म्यानचेस्टर युनाइटेडको खराब लयमै

एजेन्सी ।इंग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम हट्स्परले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई ३ – १ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन डेली अली, ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे । चेल्सीका ओलिभर जेरुडले एक गोल फर्काएपनि हार टार्न सकेनन् । 

चेल्सीविरुद्ध सनसनीपूर्ण जित निकाल्ने क्रममा अलीको गोलबाट आठौं मिनेटमा टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा केनले गोल गर्दा पहिलो हाफमा टोटेनहमले पहिलो हाफमा २ – ० को अग्रता बनायो । 

 

null

खेलको ५४ औं मिनेटमा सन मिनले गोल गर्दै टोटेनहमलाई ३ – ० को अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा चेल्सीका जेरुडले गोल गर्दै खेल ३ – १ को स्थितिमा ल्याए । त्यसपछि चेल्सीले थप गोल गर्न सकेनन् र खेल टोटेनहमलाई ३ – १ ले सुम्पिएको थियो । 

यो जितसंगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले १३  खेलबाट ३० अंक जोड्दै चेल्सीलाई पछि पारेर तेस्रो स्थानमा उक्लिएको हो । १३ खेलबाट २८ अंक जोडेको चेल्सी चौथो स्थानमा छ । 

लिगमा ३५ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष, ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । 

म्यानचेस्टर युनाइटेडले आफ्नो खराब लयलाई कायम राखेको छ । शनिबार भएको खेलमा युनाइटेड क्रिष्टल प्यालेससंग गोलरहित बराबरीमा रोकिएको हो । 

घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा युनाइटेडले अंक बाडेको हो । खेलमा दुवै टोलीले गोल गरेपनि रेफ्रीले अफसाइड दिएको थियो । खेलमा युनाइटेडका रोमेरो लुकाकुको गोल अफसाइड भएको थियो भने क्रिष्टलका कोयुटेले गोल अफसाइड बनेको थियो । 

पछिल्लो समय खराब लयमा रहेको युनाइटेडको यो बराबरीसंगै प्रशिक्षक जोसे मौरिन्होलाई भने दबाब बढेको छ । युनाइटेडको यो तेस्रो बराबरी हो । 

बराबरीसंगै युनाइटेडले शीर्ष क्लबसंगको अंक दुरी घटाउने मौका गुमाएको छ । युनाइटेड १३ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा छ । ९ अंक जोडेर क्रिष्टल १५ औं स्थानमा छ । 

 

लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले कार्डिफ सिटीलाई १ – ० ले हराएको छ । लेष्टर सिटी भने ब्राइटनसंग १ – १ गोलको बराबरीमा रोकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *