नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

मंसिर १२, मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । 

सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । 

शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

null

 

उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारका लागि आएका थिए । 

यसैबीच शिविरमा उपचार सम्भव नभएका अर्थात् गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । 

 

शिविरबाट रिफर भएका विरामीलाई नोबेल अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः गाउँमै पुर्याउने व्यवस्था मिलाइने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाइ छ । 

 

गरिब तथा विपन्न विरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका विभिन्न स्थानमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *