लागुऔषधको नयाँ–नयाँ योजना विफल पार्दै थानकोट प्रहरी

मंसिर १४, काठमाडौँ । कंलकीबाट थानकोट तर्फ भारतिय नम्बर प्लेटको गाडीमा प्रतिबन्धित लागूऔषध ओसार पसार भईरहेको छ भन्ने सूचना थानकोट प्रहरीलाई प्राप्त भयो । 

करिब बेलुकाको समयमा वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर १ ए एच ६९०८ ईन्जिन नम्बर याफ १० डिएन ३२९६५८९ नंको भारतीय कार जाँचका क्रममा लागूऔषधसहित भारत विहार चम्पारणका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेपछि सो तथ्य फेला पार्यो । 

सोही क्रममा महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो । 

null

महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले कारको सिटमा रहेको जेब्रा झोलामा लुकाइछिपाइ लागुऔषध ल्याएको भेटिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । 

वृत्तका प्रमुख थमपाका अनुसार डाइजेपाम ६९५ एम्पुल, नुर्फिन ६९६ एम्पुल र फेनार्गन ४९५ एम्पुल गरी एक हजार ८८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोत्तलसमेत बरामद गरिएको छ । 

प्रहरीले उनीहरूको साथबाट स्यामसुङ्ग मोबाईल दुई थान नोकिया सादा सेट एक थान जीव लेखिएको सादा सेट १ थान एनटिसि र भारतीय सिम एक थान बरामद गरेको हो । 

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनिहरूलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाईने तयारी भईरहेको थानकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *