नेपालमा आर सिरिज ल्याउने ओपोको तयारी ?

मंसिर १३, काठमाडाैं । ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियम आर सिरिज नेपाली बजारमा भित्राउने सम्भावना प्रबल देखिएको छ । 

श्रोतले दिएको जानकारी अनुसार ओपोले निकट भविष्यमा नै आर–सिरिज नेपाल भित्राउने पहल गरिरहेको छ । तसर्थ, आधिकारिक घोषणा पूर्व उपभोक्तालाई आर–सिरिज उत्पादन प्रति आफ्नो धारणा विकास गर्न सहयोग पु¥याउने सोचका साथ उत्पादन सम्बन्धि केही महत्वपूर्ण जानकारी यहाँ प्रस्तुत गरिएको छ । 

 

null

  

  

उत्पादनको लोकप्रियता स्मार्टफोन उद्योगकै आकर्षक डिजाइन भएको तथा उत्कृष्ट फोटोग्राफी अनुभव दिने उत्पादनका रुपमा आर–सिरिज परिचित छ । साथै, आर सिरिजलाई विशेषगरी उपाभोक्ताको आवश्यकता र ईच्छालाई ध्यानमा राखेर निर्माण गरिएको फोनका रुपमा लिइन्छ । यही कारण आर–सिरिज विश्वभरका उपभोक्ता माझ अत्याधिक लोकप्रिय उत्पादनका रुपमा रहेको छ । 

संक्षिप्त ईतिहास 

मार्केट रिसर्च फर्म काउन्टर पोइण्ट एण्ड स्ट्र्याटिजी एनालिटिक्सका अनुसार ओपो आर–९ सन् २०१६ को वैश्विक रुपमै सर्वाधिक वित्रि mहुन सफल फोन हो । साथै सन् २०१७ को पहिलो त्रैमासमा ८९ लाख प्रति सिपमेण्टका साथ यसले विश्वबजारको ३ प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो । त्यसैगरी ओपो आर ११ सन् २०१७ कै बेस्ट सेलिङ एण्ड्रोइड फोन तथा आर १५ मोडल चिनमा सन् २०१८ को दोस्रो त्रैमासमा सर्वाधिक लोकप्रिय फोनका रुपमा रहनपनि सफल भएको छ । अहिले विश्व भरका २० करोड यूवा जमातले ओपोलाई अपनाएका छन् । 

प्रडक्ट फिलोसोफी 

ओपो आर–सिरिजले मेटालिक कलर र ग्लास ग्राडियण्ट मार्फत उद्योगमै नयाँ क्रान्ति भित्रायो । स्मार्टफोन उद्योगमै सिल्भर, गोल्ड र रोज रंगका फोन उत्पादन भइरहेका बेला ओपोले सन् २०१६ मा मेटालिक रेड रंगमा आर ९ को न्यू इयर एडिसन सार्वजनिक गरेको थियो । त्यसैगरी, आर ११ बार्सिलोना एडिसनका रुपमा ओपोले मिक्स्ड रेड र ब्ल्यू मेटालिक रंगमा फोन सार्वजनिक गरेको थियो । आर ११ मा कम्पनीले हेर्दा निकै आकर्षक र बोक्दा निकै प्रर्याक्टिकल क्रेसेन्ट कर्भड डिजाइन पनि समाहित गर्यो । त्यसैगरी आर १५ लाई कम्पनीले रुबी रेड र कस्मिक पर्पल ग्राडियण्ट रंगमा पनि उपलब्ध गरायो । 

फाेटाे ग्राफी 

फोटोग्राफीका सवालमा आर–सिरिजले मितब्ययी मूल्यमा उत्कृष्ट क्यामेरा क्षमता उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । तस्विरलाई जीवन्तता दिने सोचका साथमा फुल स्क्रिन डिस्प्ले र सुपर फुल स्क्रिन जस्ता नयाँ फिचरपनि फोनमा उपलब्ध गरियो । त्यसैगरी कलर ओएस मार्फत फोनले गेस्चर अपरेशन र फुल स्क्रिन मल्टिटास्किङ जस्ता रमाइला अनुभव पनि प्रदान गरेको छ । 

हार्डवेयर 

हार्डवेयरका सवालमा पनि आर सिरिज निकै आकर्षक रहेको छ । आर १५ प्रोमा कम्पनीले अत्याधुनिक क्वालकम स्न्याप ड्र्यागन प्रोशेसरका साथै बृहत्त सञ्चय क्षमता र अदृतिय ब्याट्री लाइफ पनि समाहित गरेको छ । साथै, भोक फ्ल्याश चार्जिङ प्रविधिले फोनलाई तिब्र गतिमा चार्ज गर्दै फोनको निरन्तर प्रयोगमा सघाव पुर्याउँछ । 

कम्पनीको नयाँ आर–सिरिज फोन आर १७ मा कम्पनीले र्याडियन्ट मिस्ट डिजाइन, वाटरड्रप स्क्रिन र हिडन फिङ्गर प्रिन्ट अनलक, सुपरभोक फ्ल्याश चार्जका साथै एफ १.५/एफ २.४ स्मार्ट एपर्चर र टीओएफ थ्रीडी प्रविधि सहितको ट्राइ क्यामेरा कम्बिनेशन पनि उपलब्ध गरिएको छ । यी सबैको माध्यमबाट उपभोक्तालाई समग्र नयाँ अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ । 

रियल, रिभोल्यूशन, रिफर्म 

यस बर्ष ओपोले आर सिरिज पछाडीको अर्थपनि प्रस्ट्याउने योजना बनाएको छ । कम्पनीका अनुसार आर सिरिजमा आरको अर्थ रियल, रिभोल्यूशन र रिफर्म तथा पूर्नजागरणको प्रक्रिया हो । भविष्यमा पनि ओपोले प्रयोगकर्ता सँग सहकार्य गर्दै आर सिरिज मार्फत थप नयाँ नयाँ सम्भावना तथा प्रविधि पस्कँदै जाने उद्देश्य लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *