पिएसजीको अपराजित यात्रा कायम

एजेन्सी । साविकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा अपराजित यात्रा कायम राखेको छ ।शनिबार राति भएको खेलमा टुलुसलाई १ – ० ले पराजित गर्दै पिएसजीले १४ औं खेलसम्म अपराजित यात्रा कायम राखेको हो । 

घरेलु मैदानमा नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिएको पिएसजीका लागि एडिन्सन काभानीले निर्णायक गोल गरे  ।काभानीले खेलको नवौं मिनेटमा गरेको गोल नै पिएसजीको जितमा निर्णायक बनेको थियो । 

टुलुसविरुद्ध घाइते भएका कारण नेयमार र एमबाप्पे मैदान उत्रिएनन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्यामरुनसंगको खेलमा नेयमार घाइते भएका कारण मैदान उत्रिएनन्  । यस्तै एमबाप्पे उरुग्वेविरुद्धको खेलको दौरान घाइते भएका थिए । 

null

यो जितसंगै पिएसजीले १४ खेलबाट ४२ अंक जोडेको छ । र, दोस्रो स्थानको लियोन भन्दा १५ अंकले अघि रहेको छ । 

पराजित टुलुस १४ अंक जोडेर १५ औं स्थानमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *