एमबाप्पे र नेयमारको गोलमा पिएसजीको जित, ५८ बर्ष पुरानो कीर्तिमान भङ्ग

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार १२ औं खेलमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लिलीविरुद्ध २-१ को जित निकाल्दै पिएसजीले १२ खेलमा अपराजित यात्रा कायम राखेको हो । 

 

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र नेयमारले समान एक एक गोल गरे । लिलीका निकोलस पेपेले एक गोल फर्काए । 

null

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ८४ औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजी २ – ० ले अघि रह्यो । खेलको इन्जुरी समयमा लिलीका पेपेले पेनाल्टीबाट एक गोल फर्काए पनि पिएसजीले २ – १ को जित निकाल्यो । 

 

योसंगै युरोपियन क्लब फुटबलमा पिएसजीले ५८ बर्ष पुरानो कीर्तिमान भङ्ग गरेको छ । पिएसजीले इंग्लिश क्लब टोटेनहमले बनाएको ११ खेलमा लगातार जितको कीर्तिमान भङ्ग गरेका हुन् ।  टोटेनहमले सन् १९६०/६१ को सिजन लगातार ११ खेलमा जित निकाल्दै उक्त कीर्तिमान बनाएको थियो । 

यो जितसंगै पिएसजीले १२ खेलबाट १२ जितसहित ३६ अंक जोडेको छ । शीर्ष स्थानको पिएसजी दोस्रो स्थानको लिली भन्दा १० अंकले अघि छ । लिलीको २५ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *