एनआरटीमाथि च्यासलको फराकिलो जित

मंसिर ६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा सम्पन्न भएको खेलमा एनआरटीलाई ५–१ गोलले हराउँदै च्यासल युथ क्लब विजयी भएको हो । 

च्यासललाई जिताउन बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल गरे भने सन्तोष साहुखलले १ गोल गरे । 

पहिलो हाफमा २–० को अग्रता बनाएको च्यासलले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । 

null

बिहीबार नै दोस्रो खेलमा लिग लिडर थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा प्रतिस्पर्धा हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *