अग्रता बढाउँदै युुभेन्टस, लयमा रोनाल्डो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता युभेन्ट्सले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २ – ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । 

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक एक गोल गरे । 

 

null

एसपीएएलविरुद्ध रोनाल्डोले २९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । योसंगै रोनाल्डोले लिगमा ९ गोल पुरा गर्न सफल भएका छन् । 

त्यसपछि खेलको ६० औं मिनेटमा मान्डजुकिकले गोल गर्दै युभेन्ट्सलाई २ – ० को जित दिलाए । 

 

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले लिगमा ९ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले १३ खेलबाट ३७ अंक जोडेको छ । दोस्रो स्थानको इन्टर मिलानको २८ अंक छ । पराजित एसपीएएल १३ अंक जोडेर १५ औं स्थानमा छ । 

शनिबार राति फ्रोसिनओनलाई ३ – ० ले पराजित गर्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *