छालालाई सुन्दर र चम्किलो बनाउँन चाहनु हुन्छ भने अाजै बाट हटाउनुस् यी बानीहरु

 मानव जिबनको एउटा अभिन्न अंग हो छाला । छालाले हाम्रो शरिरलाई बाहिरबाट ढाकेको हुन्छ । भने छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । लेजिन र इलास्टिन निकै नै कम भएपछि छाला चाउरी पर्छ । त्यसैले हामीले छालालाई बिशेष ध्यान दिनुपर्ने हुन्छ यदी हामीले छालालाई ध्यान नदिएमा यसले हाम्रो सुन्दरतालाई बिगारी दिन्छ । तल केहि यस्ता बानीहरू दिएका छन् जस्ले छालाको सुन्दरतालाई बिगार्दछ । 

साबुनले मुख धुनालेसाबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ । जीउमा दल्न पनि तेलमिश्रित साबुन, बडीवास अथवा सुगन्ध नमिसाइएको साबनु छान्नुपर्छ । 

तातो पानीले धेरै बेर नुहाउनुतातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ । त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन । 

null

नुहाएपछि तौलियाले बेस्कन पुछ्नुनुहाएपछि हामी कपाल र शरीरलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं । यसो गर्दा छाला रगडिने, यसको म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडले कपाल पुछ्यो भने कपाल झर्ने गर्छ । त्यही भएर नुहाएपछि तौलियाले बिस्तारै पुछेर शरीरलाई ओभानो बनाउनुपर्छ । 

जाडोमा सन्सक्रिम नलगाउनुजाडोमा घामले त्यति नपोल्ने भएकाले हामी गर्मीमा मात्र अनुहारमा सनस्क्रिन क्रिम लगाउने गर्छौं । तर, छालालाई हानि पुयाउने विकिरण सूर्यले वर्षभरि नै फाल्ने भएकाले जाडोमा सनस्क्रिन क्रिम लगाइएन भने अनुहार, घाँटी, गर्धन र हातको छाला बिग्रिन सक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *