प्राइम कमर्सियल बैंकको शाखा अब धनगढीमा पनि

मंसिर १३, कैलाली । प्राइम कमर्सियल बैंक लिमिटेडले आज आफ्नो शाखा कार्यालय धनगढी उपमहानगरपालिकामा पनि शुभारम्भ गरेको छ । यस शाखाको शुभारम्भपछि बैंकको शाखा कार्यालयको संख्या ६६ पुगेको छ । 

 

स्थानीय उद्योग, व्यवसायी, शिक्षक, समाजसेवी तथा बिभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखा कार्यालय धनगढीको उद्घाटन गरेका थिए । 

null

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बताए । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी भएको बनाउने छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *