राष्ट्रपति भण्डारी भोलिदेखि पोल्याण्ड भ्रमणमा, को–को जाँदैछन् साथमा ?

 

मंसिर १४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी (मंसिर १५ गते) भोलि पोल्याण्ड जाँदै छिन् । 

पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी पोल्याण्ड जान लागेकी हुन् । 

null

२ डिसेम्बर आइतबार देखि १४ डिसेम्बरसम्म सञ्चालन हुने सो कार्यक्रममा राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणमा त्यसतर्फ जान लागेकी हुन्। 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले (डिसेम्बर २) आइतबार जर्मनीको वर्लिनस्थित नेपाली दूतावासमा दूतावासले आयोजना गरेको सम्मेलनमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

त्यस्तै उनले कोप २४ को उच्चस्तरीय सत्रलाई (डिसेम्बर ३) सोमबार सम्बोधन गर्नेछिन् । सोमबार नै राष्ट्रपति भण्डारीसँग राष्ट्र संघको महासभाकी अध्यक्ष फर्नान्डा स्पीनोसा गार्सियसले भेटवार्ता गर्नेछिन् । 

सोमबार साँझ पोल्याण्डका राष्ट्रपतिले सहभागी देशका सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पोल्याण्डका राष्ट्रपति डुडासँग भने राष्ट्रपति भण्डारीले (डिसेम्बर ४) मंगलबार कातोविचमा द्विपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । 

भ्रमणमा राष्ट्रपति भण्डारीसँगै राष्ट्रपति कार्यालयका अधिकारीहरू, परराष्ट्र र वन मन्त्रालयका उच्च अधिकारीहरू, सरकारी सञ्चार माध्यमका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्यहरू पूर्णा कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी हुनेछन्। 

राष्ट्रपति भण्डारी बुधवार ५ डिसेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनी बिहीबार बिहान काठमाडौँ आइपुग्नेछिन् । 

उनको पोल्याण्ड भ्रमणलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको दिने निर्णय गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *