धरानमा जारी मेयर कप बास्केटवल खेलमा ८ टिम बिजयी

मंसिर ७, धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आयोजित दोस्रो मेयर स्कुल ओलम्पिक अन्तर्गत आज भएको बास्केटवल खेलमा पुरुष तर्फ सुम्निमा, युएन, सुनाखरी आइडल र महिला तर्फ होलिल्याण्ड, पदम, डिपो र आइडल स्कुल बिजयी भएको छ । 

धरान १८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न बास्केटबकल खेलमा छात्र तर्फ सुनाखरीले नेपाल पुलिस स्कुललाई २०–२, आईडल स्कुलले चिल्र्डेन स्कुललाई १४–७ र छात्रा तर्फ होलिल्याण्डले दिल्लि पब्लिक स्कुललाई १०–४, पदम स्कुलले सुनाखरीलाई १४–४, डिपोले बिष्णु स्कुललाई ६–३ र आईडलले सिओन स्कुललाई ६–४ अंकको अन्तरले पराजित गरेको छ । 

छात्र तर्फको खेलमा निकेतन स्कुलले सुम्निमा स्कुललाई र युनाइटेड स्कुलले युएन स्कुललाई वाकओभर दिए पछि सुम्निमा र युएन स्कुललाई बिजयी घोषित गरिएको थियो । 

null

भोलिको खेल छात्र तर्फ डिपिएस र डिपो स्कुल, सैनिक र होलिल्याण्ड, नवज्योति र जुनियर पाईनर, लोट्स र केके ईन्टरनेशनल, बिजयपुर र कार्मेल स्कुल बिच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै गरि छात्रा तर्फ चिल्र्डेन स्कुल र प्रभात, युनाइटेड गोर्खा र आईडल, डिपो र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ । छात्र र छात्रा गरी ३९ वटा टिमले सहभागिता जनाएको बास्केटबल खेलको फाइनल खेल मंसिर ११ गते हुने जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *