यसरी गर्नुहोस् घरैमा बेहुली मेकअप

मंसिर महिना भनेको बिवाहको लागि बिशेष महिना भन्ने बुझिन्छ । यो महिनामा बिवाहको धेरै लगन हुन्छ । मानब जिवनमा बिवाहको निकै ठूलो महत्व हुन्छ । बिहे गर्ने व्यक्ति को लागि यो दिन निकै बिशेष हुन्छ । त्यो दिन हामीलाई सबै भन्दा राम्रो हुने चाहना हुन्छ । 

 

एउटा छोरी मान्छेको लागि बिवाह हुनु भनेको जिबनको फेरी नयाँ अध्यायको सुरु हुनु हो । त्यसैले यसलाई रमाइलो, सुन्दर, विशेष र जीवनभरको लागि स्मरणीय बनाउनको लागि हरसम्भव प्रयास गरिन्छ । आजभोली बेहुली मेकअप र फोटोसुटमा बिशेष ध्यान दिने गरेको धेरै पाईन्छ । तल केही उपाय बताएको छ । जस्ले तपाई घरबसी नै बेहुली मेकअप गर्न सक्नु हुनेछ । 

null

– मेकअपले बेहुला(बेहुलीको अनुहार सुन्दर र आकर्षक त बनाउँछ नै फोटोसुटको लागि पनि उपयुक्त हुन्छ । तर, पार्लरमा गएर बेहुलीको मेकअप गर्दा धेरै नै पैसा लाग्ने गर्छ । बेहुलीको मेकअपमा धेरै मेहनत र समय लाग्ने भएकाले उनीहरुले बढी पैसा लिने गर्छन् । यदि मेकअपका केही सामग्रीहरु आफूसंग छन् भने घरमै पनि बेहुलीको मेकअप गर्न सकिन्छ। 

– यसको लागि अनुहारलाई पहिले सफा बनाउनको लागि क्लिंजिंग गर्नुपर्छ। त्यसपछि टोनर र प्रिमियम लगाइसकेपछि बेहुलीको मेकअप गर्न सकिन्छ । प्रिमियम पछि अनुहारमा फाउन्डेसन लगाउन सकिन्छ। 

– फाउन्डेसन लगाउँदा अनुहार र घाँटीको रंग उस्तै देखिनुपर्छ । त्यसपछि सधै गर्ने भन्दा अली गाढा तरिकाले आँखाको मेकअप गर्नुपर्छ। त्यसपछि हाइलाइटर, ब्लसर आदिको सहयोगले अनुहारको अरु भागको मेकअप गर्न सकिन्छ। मेकअप टिकाइ राख्नको लागि मेकअप स्प्रेको आवश्यकता हुन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *