‘द भ्वाइस अफ नेपाल’ मा आज यीनले दिनेछन् प्रस्तुति

मंसिर ९, काठमाडौं । संगीतले नै सारा संसारमा आत्मा भरेको छ । प्रत्येक मनहरुलाई शितलता प्रदान गर्दछ अनि कल्पना र जिबनलाई भावनामा उडन सिकाउछ । 

सांगीतिक यो महासागरमा रहेका विभिन्न अनमोल मोतिहरुको खोजी गर्ने अभियानमा लागेको ‘द भ्वाइस अफ नेपाल’ को २५ औ श्रृखंला सम्म आइपुग्दा टप १६ स्वरहरु छानिएका छन । यस साता देखि आफनो भ्वाइस छनोट गर्ने अधिकार दर्शक माझ आइपुगेको छ । 

 

null

शनिबारको लाइभ राउण्डमा टिम प्रमोद र टिम सनुपबाट दुई दुई जना ट्यालेन्टले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । आज आइतबारको लाइभ राउन्डमा टिम दिपबाट विवेक वाइवा लामा, स्वेक्षा ठकुरी र टिम अभयाबाट विवेक लामा र शेर्या राईको प्रस्तुति रहने छ । 

साथै एक जना नेपाली सांगीतिक क्षेत्रको परिचित मुहारको प्रस्तुति पनि रहने छ । दर्शक तथा सर्मथकको भोटिङ्गको आधारमा दुईजना पुग्नेछन् सेमिफाइनलमा । 

कान्तिपुर टेलिभिजनबाट प्रशारित विश्वकै चर्चित रियालिटी शो ‘द भ्वाइस’ को नेपाला संस्करण ‘द भ्वाइस अफ नेपाल’ ले नेपाली सांगीतिक आकाशमा नयाँ ट्यालेण्ट ल्याउने अपेक्षा गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ ले विशेष गरी कुनाकन्दरामा रहेका प्रतिभाहरुलाई अगाडी बढ्न मौका दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =