लालिगाः बार्सा र एथ्लेटिक्स मध्ये कसले जित निकाल्ला ?

मंसिर ८, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा आज साबिक विजेता बार्सिलाेना र एथ्लेटिक्स मड्रिड विचकाे खेल प्रतिक्षित खेल हाे । बार्सा र एथ्लेटिक्स यो सिजन पहिलोपटक आमनेसामने हुँदैछन् । यो खेलका लागि एथ्लेटिकोले बार्सिलोनालाई आफ्नो घरेलु मैदान मड्रिडमा स्वागत गर्दैछ । 

लिगका दुई प्रमुख उपाधि दाबेदार टोली आज आमनेसामने हुँदा यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यस सिजन बार्सिलोना र एथ्लेटिको दुवैलाई उपाधि दाबेदार टोली मानिएको छ । 

यो सिजन बार्सिलोना र एथ्लेटिको दुवैले मध्यमस्तरको प्रदर्शन गरिरहेका छन् । हालसम्म बार्सिलोनाले लिगका १२ खेल सकिँदा ७ खेल जितेर ३ खेल बराबरी गर्दा २ खेल हारेको छ । यता, एथ्लेटिकोले भने समान ७ खेल नै जितेर २ खेल बराबरी गर्दा ३ खेल हारेको छ । 

null

यी दुई टोलीको तथ्यांक हेर्दा बार्सिलोना हाबी देखिन्छ । एथ्लेटिकोले पछिल्ला १६ खेलमा बार्सिलोनालाई हराउन सकेको छैन । सन् २०१० को फेब्रुअरीयता ला लिगामा खेलेका पछिल्ला १६ मध्ये १२ खेलमा बार्सिलोनाले जित दर्ता गरेको छ । बाँकी ४ खेल बराबरीमा सकिएका छन् । 

आजको खेलमा एथ्लेटिको टोलीका कप्तान तथा रक्षापंक्तिका प्रमुख हतियार डिएगो गोडिन टोलीमा हुने छैनन् । उनको स्थान आज स्टेफान साभिचले सम्हाल्दैछन । 

यता, बार्सिलोनाको टोलीमा आज केही प्रमुख खेलाडी हुने छैनन् । दुई हप्ताअघि च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल दौरान घाइते भएका फिलिपे कोउटिन्हो यस खेलको टोलीमा परेका छैनन् । कोउटिन्हो यसै साताबाट प्रशिक्षणमा आए पनि उनलाई टोलीमा राखिएको छैन । 

त्यस्तै, अर्का प्रमुख खेलाडी इभान राकिटिक पनि टोलीमा छैनन् । राकिटिक चोट तथा यसअघि भएको खेलमा रातो कार्ड पाएकाले पनि यो उनले यो खेल गुमाउनेछन् । आज राकिटिकको ठाउँमा अर्टुरो भिडाल पहिलो रोजाइमा मैदान उत्रिन सक्छन् । त्यस्तै, आज बार्सिलोनाको टोलीमा अर्थुर पनि हुनेछन् भने यसअघिको खेलमा कारबाहीमा परेका उसामान डेम्बेले पनि यस खेलमा उपलब्ध हुनेछन् । 

अंक तालिकामा हाल बार्सिलोना १२ खेलपछि २४ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा सेभिल्ला, तेस्रो स्थानमा एथ्लेटिको मड्रिड र चौथो स्थानमा अलाभेस रहेका छन् । दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका ३ टोलीको समान २३ अंक छ । 

आज आफ्नो घरमा हुने खेलमा एथ्लेटिको बार्सिलोनालाई हराएर शीर्ष स्थान खोस्न मात्रै चाहँदैन, ऊविरुद्ध १६ खेलको बिनाजितको यात्रा पनि टुंग्याउन चाहन्छ । 

यता, बार्सिलोनाले यसअघि कमजोर टोली रियल बेटिससँग आफ्नै घरमा हारेको थियो । तसर्थ, आज ऊमाथि यो खेल जितेर जितेको बाटोमा फर्किनुपर्ने दबाब छ । ऊ यसअघि क्याम्प नोउमा रियल बेटिससँग ३–४ ले हारेको थियो । त्यसअघि उसले रायो भालेकानोलाई ३–२ ले हराएको थियो । 

यता, एथ्लेटिकोले भने यसअघि एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराउँदा त्यसअघिको खेलमा लेगानेससँग १–१ को बराबरीमा रोकिएको थियो । एथ्लेटिको र बार्सिलोनाको खेल आज राति नेपाली समयअनुसार १ः३० बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *