रतुवामाईमा कर्मचारीहरुको क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

मंसिर १४, बिराटनगर । रतुवामाई नगरपालिका नगरकार्यपालिकाले आयोजना गरेको चार दिने कर्मचारीहरुको क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ । 

नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई , कम्प्यूटर, व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा प्रणाली सम्बन्धी तालिम दिइएको हो । तालिमको सहजिकरण रतुवामाई नगरपालिकाका सूचना प्रविधी शाखाका अधिकृत उजित नारायण राजवंशी र दमक नगरपालिकाका सूचना प्रविधी शाखाका अधिकृत समिप चुडालले गरेका थिए । 

तालिम समापन कार्यक्रममा बोल्दै रतुवामाई नगरपालिकाका मेयर रवीन राईले कर्मचारीहरुनै नगरपालिकाका स्थायी प्रतिनिधी भएकाले नगरको काम र कर्तव्य प्रति जिम्मेवार भएर लाग्न आग्रह गरे । उनले नगरपालिकाका कर्मचारीहरुको क्षमता अभिवृद्धी सम्बन्धी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । कार्यक्रममा उपमेयर दयन्त चुडालले कर्मचारी दक्ष बनाउनु नगरको उपलब्धी भएको बताइन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *