रियल नकआउट चरण नजिक, भिक्टोरियामाथि ५–० को जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा साबिकको विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । 

बुधबार राति भएको समूह चरणको खेलमा रियलले चेक रिपब्लिकको भिक्टोरिया प्लेजेनलाई ५ – ० ले हराएको हो । 

भिक्टोरियाको घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले २ गोल गरे । त्यस्तै क्यासिमिरो, ग्यारेथ बेल र टोनी क्रुसले एक एक गोल थपे । 

null

 

घरेलु टोलीविरुद्ध रियलले पहिलो हाफमै ४ गोल गरेको थियो । खेलको २१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा क्यासिमिरोले गोल गर्दै रियल २ – ० ले अघि रह्यो । 

३७ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३ – ० को अग्रता दिलाए । भिक्टोरियाविरुद्ध २ गोल गरेसंगै बेन्जिमाले रियलको लागि २ सयौं गोल पुरा गरेका छन् । बेन्जिमाले ४२९ खेलमा २ सय गोल पुरा गरेका हुन् । 

 

 खेलको ४० औं मिनेटमा बेलले गोल गर्दा पहिलो हाफमा रियल ४ – ० ले अघि रह्यो । त्यसपछि खेलको ६७ औं मिनेटमा क्रुसले गोल गरेपछि रियलले ५ – ० को फराकिलो जित निकाल्यो । 

जितसंगै रियल नकआउट चरण नजिक पुगेको छ । समूह ‘जी’ मा रियल ४ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । १ अंक जोडेको भिक्टोरिया लिगमा पुछारमा छ । 

 

यस समूहको अर्को खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सीएसकेए मस्कोलाई २ – १ ले हराएको छ । जितपछि ९ अंक जोडेको रोमा दोस्रो स्थानमा छ । ४ अंक जोडेको मस्को तेस्रो स्थानमा छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *