दुहवीमा प्रथम मेयर कप फुटवल प्रतियोगिता सुरु

कात्तिक २९, दुहवी । सुनसरीको दुहवीमा नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । विहीवार दुहवी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहवीको संयोजनमा भएको समुदघाटन खेलमा दुहवी वडा नं. २ ले दुहवी वडा नं. ९ लाई ३–० गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

खेलमा उत्कृष्ठ खेलाडी दुहवी वडा नं. २ का जर्सी नम्वर ६ श्रवण गच्छदारलाई नगद २ हजार सहित मेडल प्रदान गरिएको थियो ।  

 

null

कात्तिक २९ गते देखि मंसिर १० गते सम्म हुने मेयर कप फुटबल प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार कप तथा मेडल प्रमाणपत्र पाउनेछन् । यसैगरि उपविजेताले २५ हजार तथा कप, मेडल प्रमाणपत्र पाउनेछन् । खेल स्वास्थ्यकालागि खेलाडी राष्ट्रकालागि भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।  

शुक्रवार हुने दोश्रो खेल दुहवी वडा नं. १ र वडा नं. ८ का विच हुँने आयोजकले जनाएको छ । दुहवी ५ स्थित श्री सरस्वती मा.बि.को खेल मैदानमा दुई हप्ता चल्ने प्रतियोगितामा करिब ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।  

 

दुहवीमा पहिलो पटक भइरहेको मेयर कप फुटबल प्रतियोगितामा दुहवी नगरपालिकाको १२ ओटै वडालाई सहभागी गराइएको छ । समुदघाटन खेलमा प्रमुख अतिथि रहेका दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले स्थानिय खेलाडीलाई अवसर दिनुकासाथै स्थानिय स्तरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *