‘नोबेल डे’ भब्य रुपमा मनाउँने तयारी

मोरङ, ३० कात्तिक । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ । ‘नोबेल डे’ का अवसरमा आगामी मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।  

स्थापना दिवसका अवसरमा विशेष साँस्कृतिक प्रस्तुती, पुरस्कार वितरण लगायत कार्यक्रम राखिएको नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् । उनका अनुसार कार्यक्रमलाई भव्य बनाउँन मुल आयोजक समिति र करिव एक दर्जन उपसमिति निर्माण गरिएको छ । करिव ३ हजार व्यक्ति सहभागि हुने कार्यक्रममा उत्कृष्ट करिव ४० कर्मचारी र २० विद्यार्थीलाई पुरस्कृत गरिने प्रशासकीय अधिकृत दिपेश राईले बताए ।  

समाजसेवी डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल शिक्षण अस्पताल गुणस्तरीय उपचारका क्षेत्रमा मुलुककै उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा स्थापित छ । दैनिक करिव दुई हजार बिरामीको उपचार हँुदै आएको नोबेल मेडिकल कलेजमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *