फलफुलको बोक्राको प्रयोग

हामी फलफूल त खान्छौँ र यसको बोक्रालाई मिल्काउछौँ । तर, फलफूलको बोक्रा पनि उपयोगी हुन सकिन्छ भनेर धेरैलाई थाहा नभएको विषय हुन सक्छ । फलफुलको बोक्राले हामी बिभिन्न रोगहरु निको पार्न र सौन्दर्य बढाउँन प्रयोग गर्न सक्छौ । आज हामी फलफुलको बोक्राको उपयोगिताको बारेमा बताउँने छौं । 

सुन्तला  

सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा मर्याङमर्याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ । – सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ । सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ साथै सुन्तलाको बोक्रालाई घाममा सुकाएर घुलो बनाएर फेस प्याकको रुपमा प्रयोग गर्दा यसले हाम्रो अनुहारको चमक बढाई दिन्छ । 

null

अनार  

घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ । गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।  अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ । आनरको बोक्रालाई पनि सुकाएर धुलो बनाई अनुहारमा फेुस प्याकको रुपमा प्रयोग गर्दा यसले अनुहारको चमक बढाउँनको साथै अनुहार नरम बनाउँन पनि सहयोग गर्दछ । 

केराको बोक्रा  

केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।  केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ । आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ । केराको बोक्रा अनुहारमा दल्नाले अनुहारको छाला नरम बनाउँछ । 

खरबुजा  

शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ । खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् । 

काँक्रो  

 काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ । शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ । – काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ । 

स्याउ  

स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन । स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ । स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ । 

कागती  

कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ । – कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ । कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ । कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, । जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *