मेयर कप फुटबलमा दुहवी १० उपाधि नजिक

मंसिर ९, दुहवी । सुनसरीको दुहवीमा जारि प्रथम मेयर कप फुटबल प्रतियोगितामा वडा नं. १० उपाधी नजिक पुगेको छ । आइतबार भएको पहिलो सेमी फाइनल खेलमा दुहवी वडा नं. १० ले दुहवी वडा नं. २ लाई ट्राइबेकरमा ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ । 

खेलको मध्यान्तर अघि र मध्यान्तर पछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो ।  

ट्राइबेकरमा दुहवी वडा नम्वर २ का खेलाडीहरु अजु थापा मगर, विवेक माझी र फुलन राई गोल गर्नबाट चुके । यता दुहवी १० का कोमल बिश्वास, इश्वर भगत र कविन्द्रनारायण माझीले गोल गर्दै आफ्नो टिमलाई फाइनलमा प्रवेश गराए ।  

null

 

खेलको उत्कृष्ट खेलाडी दुहवी वडा नं. १० का जर्सी नं. १२ प्रल्हाद कुमार चौधरी भए । उनलाई दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगद १ हजार सहित मेडल प्रदान गरेका थिए ।  

भोली सोमवार हुने दोश्रो सेमी फाइनल खेल दुहवी वडा नं. ७ र दुहवी वडा नं.८ का विच हुने आयोजकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *