ए डिभिजन लिगः सेड्रिक नायक बन्दा संकटाको लगातार दोस्रो जित

मंसिर ३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा सिएमजी संकटा क्लबले जित हात पारेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै संकटाले लगातार दोस्रो जित हात पारेको हो । 

१० खेलाडीमा सिमित संकटालाई जित दिलाउन सेड्रिक अबाले दुई गोल गरे । १८अौं मिनेटमा विदेशी खेलाडी म्याक्सवेल एलोनले रेड कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको हो । 

null

पहिलो हाफको २० मिनेट भित्रै १० खेलाडीमा समेटिए पनि संकटाले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै जित हात पारेको हो । 

खेलको ५७ औं मिनेटमा सेड्रिकले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा सेड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २–० को महत्वपूर्ण जित दिलाए । खेलमा सेड्रिक म्यान अफ दि म्याच चुनिए । 

जितसँगै २ खेलबाट ६ अंक जोडेको संकटा लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *