मेस्सी बिनाको अर्जेन्टिनासँग मेक्सिको पराजित

एजेन्सी– स्टार स्ट्राइकर लियोनल मेसीले आराम गरेपनि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सफलता हात पारेको छ ।  

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो ।  

घरेलु मैदानमा खेलिएको खेलमा अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबाला नायक बने । दुवै हाफमा एकएक गोल गरेको अर्जेन्टिनाका लागि इकार्डीले खेल सुरु भएको दोस्रो मिनेटमै खाता खोलेका थिए ।  

null

८७औं मिनेटमा डिबालाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलभर दवाव झेलेको मेक्सिकोले गोल फर्काउन सकेन ।  

अन्तर्राष्ट्रिय मैत्रीपूण अन्तर्गतनै बुधबार बिहान भएको अन्य खेलमा चिलीले होन्डुरसलाई ४–१ गेलले हराएको छ । अर्को खेलमा कोष्टारिकाले पेरुलाई ३–२ गोलले पराजित गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *