दाङमा हार्डवेयर व्यवसायीको हत्या

मंसिर १४, घोराही । घोराहीमा एक हार्डवेयर व्यवसायीको हत्या भएको छ । 

घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनका घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक हत्या भएको हो । 

हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेले जानकारी दिए । 

null

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए । हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *