टिकापुरमा १६ वर्षीया किशोरी मृत फेला, हत्याको आशंका

मंसिर १४, काठमाडौँ । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी मृत फेला परेकी छिन्। 

टिकापुर नगरपालिका वडा नम्बर १ बस्ने १६ वर्षीया पुजा थापा शुक्रबार बिहान मृत फेला परेकी हुन् । 

मृतकको शव पोष्टमाटर्मका लागि टीकापुर अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । 

null

स्थानीयले हत्याको आशंका गरिरहेका छन् । प्रहरीले भने हत्या या आत्महत्याबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *