संकटामाथि फराकिलो जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लियाे

मंसिर १०, काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलको चौँथो चरण अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबले शानदार जित हात पारेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटा क्लब ५–१ गोलअन्तरले हराउँदै आर्मी क्लबले शानदार जित हात पारेको हो । योसँगै आर्मी क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल गरे । यता, संकटाका लागि भने इलोन म्याक्श्वेलले एक गोल गरेका थिए । 

null

संकटाले खेलको ९ औं मिनेटमा विदेशी खेलाडी एलोनको गोलबाट अग्रता बनाएको थियो । त्यसअघि खेलको तेस्रो मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्न सकेनन् । 

खेलको १७ औं मिनेटमा आर्मीका टेक बहादुरले गोल गर्दै आर्मीलाई १-१ को बराबरीमा ल्याए । विकास तामाङको पासमा टेकले हेड गोल गरेका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । 

दोस्रो हाफमा आर्मीले लगातार तीन गोल गर्यो । तर, संकटाले पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । खेलको ५२ औं मिनेटमा पाएको पेनाल्टीमा संकटाका अमित तामाङले गोल गर्न सकेनन् । 

संकटाका नितिन थापालाई आर्मीका सन्तोष तामाङले फल गरेपछी पाएको पेनाल्टीमा अमितको प्रहार बाहिरिएको थियो ।त्यसपछि आर्मीले एकतर्फी गोल गर्यो । 

खेलको ६३ औं मिनेटमा सन्तोसले फ्रिकिकबाट गोल गर्दै आर्मीको अग्रता ३-१ को बनाए । खेलको ६६ औं मिनेटमा टेक बहादुरले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–१ को स्थितिमा पुर्राए । त्यसपछि खेलको ७६ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई ५–१ को जित दिलाए । 

जितसंगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । अपराजित रहेको आर्मीले ४ खेलबाट १० अंक जोडेको छ । 

संकटाको यो पहिलो हार हो । अघिल्ला तीन खेलमा लगातार जित निकालेको संकटा आर्मीसंग भने निरिह बन्यो । तेस्रो स्थानको संकटाले ४ खेलबाट ९ अंक जोडेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *