लिग लिडर सिटी र लिभरपुलको सहज जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।  शनिबार भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४ – ० ले हराएको हो । वेष्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन लोरी सानेले दुई तथा डेभिड सिल्भा र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।  

 

पहिलो हाफमै ३ – ० ले अग्रता बनाएको सिटीले खेलको ११ औं मिनेटमा सिल्भाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । 

null

खेलको ३४ औं मिनेटमा सानेले गोल गर्दै सिटीको अग्रता ३ – ० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४ – ० को जित दिलाए ।जितसंगै साविकको बिजेता समेत रहेको सिटीले शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । सिटीले १३ खेलबाट ३५ अंक जोडेको छ । पराजित वेष्ट ह्याम १२ अंक जोडेर १३ औं स्थानमा छ ।  

 

 लिभरपुलले वाट्फोर्डलाई पराजित गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सिमित लिभरपुलले वाट्फोर्डलाई ३ – ० ले हराएको हो । 

लिभरपुललाई जित दिलाउन मोहमद सलाह, एलेक्जेन्डर आर्नोल्ड र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । 

घरेलु टोलीले लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा उक्त प्रदर्शन दोहोर्याउन सकेनन् । जसको फाइदा लिभरपुलले उठायो । 

खेलको ६७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनायो । खेलको ७६ औं मिनेटमा आर्नोल्डले लिभरपुलको अग्रता दोब्बर बनाए । 

 

खेलको ८२ औं मिनेटमा जोर्डन हेन्डरसनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । तर, वाट्फोर्डले फाइदा लिन सकेन् । 

त्यसपछि खेलको ८९ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३ – ० को सहज जित दिलाए । 

जितसंगै लिभरपुलले लिगको दोस्रो स्थानमा आफ्नो पकड कायम राखेको छ । लिभरपुलले १३ खेलबाट ३३ अंक जोडेको छ । 

वाट्फोर्ड २० अंक जोडेर नवौं स्थानमा छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *