बार्सिलोनालाई सेभिल्लाले पछि पार्यो

एजेन्सी । रियल भालाडोलिडलाई हराएपछि बार्सिलोनालाई पछि पार्दै सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लाले रियल भालाडोलिडलाई १-० ले हराएको हो। 

खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडरमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। 

खेलमा पकड जमाए पनि सेभिल्लाले थप गोल गर्न सकेन। शनिबार एटलेटिको म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई १-१ को बराबरीमा रोकेपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो। 

null

सेभिल्लाले हालसम्म एकपटक मात्र सन् १९४५-४६ सिजनमा लिग उपाधि जितेको थियो। 

यो सँगै लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंकसहित शीर्ष स्थानमा उक्लियो। दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ। २४ अंकसहित एटलेटिको म्याड्रिड तेस्रो तथा २३ अंक जोडेको अलाभेस चौथो स्थानमा छन्। 

सेभिल्लाले अब बिहीबार हुने यूईएफए युरोपा लिगको खेलमा बेल्जीयन क्लब स्टान्डर्ड लिएजको सामना गर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *