जाडो मौसममा आफ्नो सौन्दर्यको यसरी ख्याल राख्नुहोस्

जाडो मौसम सुरु भई सकेको छ जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यो मौसमा हामीले हाम्रो अनुहारको छाला लगायत अन्य भागको छालामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । यो मौसममा हाम्रो छालाहरु फुट्ने, रुखो र खस्रो हुने हुँदा यसले हामी सौन्दर्यमा नै असर पार्छ । यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ । 

जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ । त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ । विशेष गरी जाडो महिनामा चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु आदि छाला बिग्रनुका प्रमुख कारण हुन्। यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक केही उपायहरु तल दिएका छन् । 

१. बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ। 

null

२. गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्न े। त्यसपछि सफा पानीले पखाल्ने । सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ। 

३. यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २/३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ । 

४. तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँ –पोतो कम हुन्छ । 

५. अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने । सातामा दुईपटक अनुहारमा लगाएर १५/२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *