पीपीएल उपाधि जित्न पोखरालाई १६१ रनको लक्ष्य, पारसको अर्धसतक

पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ । 

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५  विकेट गुमाएर १६० रन जोड्न सक्यो । 

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए । 

null

त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । 

पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।  

आज दुवै टोली पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन्  । 

विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् । 

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् । 

प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *