टी-१० क्रिकेट लिग : चौथो खेलमा सन्दीपको जादु चलेन, केरलाको पराजय

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला नाइट्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा पराजय व्यहोरेको छ । 

लिगको दोस्रो चरण अन्तर्गत सोमबार भएको खेलमा केरला पन्जाबी लिजेन्ड्ससंग ३६ रनले पराजित भएको हो । 

सारजाहमा पन्जाबीले दिएको १०८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन जोड्दा अलआउट भयो ।केरलाका क्रिस गेलले ३५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । सन्दीप १ रनमा अविजित रहे । 

null

पन्जाबीका हसन खानले ४ तथा प्रभिन कुमारले ३ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबीले पुरै १० ओभरमा ५ विकेट गुमाएर १०७ रन जोडेको थियो । पन्जाबीका उमार अकमलले ३० तथा क्रिस जोर्डनले अविजित २४ रन जोडे । 

पन्जाबीविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेट बिहिन बने । पन्जाबीविरुद्ध सन्दीप निकै महंगा साबित भए । अघिल्ला तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा जादु देखाउन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिए । 

यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध  २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । र, उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए । 

दोस्रो खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए ।  तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए । 

लिगमा केरलाको यो दोस्रो हार हो । यसअघि केरला सिन्धिजसंग पराजित भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *