राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

मंसिर १४, काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो। 

एशिया प्यासिफिक समिटमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सुकी बिहीबार बिहान काठमाडौँ आइपुगेकी हुन् । 

null

सुकीले आजै दरबारमार्गस्थित अन्नपूर्ण होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछिन्। सो अवसरमा प्रधानमन्त्री ओलीले आयोजना गरेको दिवा भोजमा समेत उनी सहभागी हुने कार्यक्रम छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *