भगवती चौधरीद्वारा निःसहाय बालबालिकालाई सहयोग

कात्तिक २६, दुहवी । समाजसेवी, महिला अधिकारवादी नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ दुहवीको एक अनाथ आश्रमका बालबालिकालाई सहयोग गरेकी छिन् । स्वर्गिय श्रीमान दिनेश चौधरीको स्मृतिमा स्थापित दिनेश स्मृति प्रतिष्ठानद्वारा निःसहाय बालबालिका सेवा केन्द्र दुहवीका बालबालिकालाई स्कुल ब्याग, खाजा वितरण गरेकी हुन् ।
आज आश्रममा गएर पूर्व राज्यमन्त्री समेत रहेकी चौधरीले त्यहाँ आश्रित १५ जना बालबालिकालाई स्कूल ब्याग, खाजा चिउरा भुजिया लगायत वितरण गरेकी हुन् । उक्त अवसरमा बोल्दै नेकपाकी केन्द्रिय सदस्य समेत रहनुभएकी नेतृ चौधरीले सामाजिक, आर्थिक क्षेत्रमा लागि परेका ब्यक्तिले विभिन्न कारणले असहाय भएका बालबालिकालाई सहयोग गरे उनीहरुको भविश्य उज्ववल हुने बताइन् । ‘हामीले दैनिक गर्ने फजुल खर्चलाई कटौती गर्दै यस्ता सामाजिक काममा खर्च गरे अनाथ असहाय बालबालिकाको जिवनस्तर उकास्न टेवा पुग्छ ।’ उनले भनिन् ।
null
समाजमा आर्थिक रुपमा सक्षम भएकाले अनाथ असहाय बालबालिकालाई सहयोग गर्नुपर्ने र राज्यले पनि यस्ता बालबालिकाको संरक्षण, शिक्षादिक्षामा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो ।
पछिल्ला दिनहरु आफ्नो गृह क्षेत्रको सामाजिक, राजनीतिक काममा सक्रिय रहँदै आएकी नेतृ चौधरीले सो क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि ब्यक्तिगत रुपमा पहल गर्दै आइरहेकी छिन् । सोहि अनुरुप निःसहाय बालबालिका केन्द्रलाई १५ हजार बराबरको सहयोग वितरण गरेकी हुन् ।
दिनेश स्मृति प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी चौधरीले संस्था मार्फत विभिन्न सामाजिक काम गर्दै आइरहेकी छिन् ।








