पीपीयलः पोखराले धनगढीलाई दियो १ सय ४५ रनको लक्ष्य

कात्तिक १६, पोखरा । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीयल) टी–२० प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजसामु १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । 

पोखारले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो। पोखराका रासिद खानले १५ रन बनाए । उनले ८ बलमा १–१ चौका र छक्का प्रहार गरे । विक्रम भुषालले ८ रन बनाए । नटआउट १५ रन जोडे । उनले ८ बलमा १–१ चौका र छक्का प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ३१ रन बनाए । उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । 

null

यस्तै पोखराका रविइन्दर सिंहले २८, आसिफ सेखले २३, शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन जोडे। ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए । कमलसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २ छक्का प्रहार गरे । 

धनगढीका कमलले ४ ओभरको स्पेलमा एक ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए। यस्तै उसका पिटर ट्रेगो, डेविड लवारेन्स र रविन क्षेत्रीले समान १–१ विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *