सन्दीप लामिछाने पहिलो खेलमै प्लेयर अफ दि म्याच घोषित

काठमाडौं । साविकको विजेता केरला किङसबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने युएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमै प्लेयर अफ दि म्याच घोषित भएका छन् । 

बुधबार भएको खेलमा साहिद अफ्रिदिको टिम पख्तुनविरुद्ध ८ विकेटको जित निकाल्दा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप प्लेयर अफ दि म्याच  घोषित भएका हुन् । 

पहिलो खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । लेग स्पिनर सन्दीप चम्किएपछि पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो । पख्तुनलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । 

null

पख्तुनविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमा समेत विकेट लिएका थिए। 

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए । फ्लेचर ३२ रनमा आउट भए । त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे । यस्तै छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई सुन्य रनमा आउट गरेका थिए । 

पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६ रन जोड्दा केइरन पोलार्डले अविजित ११ रन बनाए । यस्तै पाउल स्ट्रलिङले ४० रन बनाउदा क्रिस गेल १३ रन जोडेर आउट भए । पख्तुनका अन्द्र्यु डसन र सोहिल खानले १/१ विकेट लिए । 

क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए । प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । 

इन्डियन प्रिमियर लिग दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ भएका सन्दीपले यसअघि युएईमै अफगानिस्तान प्रिमियर लिग क्रिकेट खेलेका थिए ।सन्दीप मंगलबार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोर कालान्दरमा अनुबन्धित भएका थिए । 

८ टोलीको सहभागिता रहेको लिग १० ओभरको हुनेछ । पहिलो खेलमा राजपुट्सले सिन्धिसलाई १० विकेटले हराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *