विदेश मात्रै चिन्ने कर्मचारीहरु यो देशलाई काम छैन– मन्त्री पण्डित

मंसिर ३, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देश नचिन्ने तर विदेश चिन्ने कर्मचाहरुको यो देशलाई कुनै काम नभएको बताएका छन् । 

सोमबार ललितपुरमा आयोजित ३३ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले देश नचिन्ने कर्मचारीको कुनै काम नभएको बताएका हुन् । कर्मचारीहरुले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ । 

तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कडा निर्देशन दिँदै मन्त्री पण्डितले ‘कर्म एकातिर, चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे । 

null

दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए । 

प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरु सहभागी भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *