आमा बनिन् युना उप्रेती, छोरीको नाम के राखिन् ?

मंसिर ९, काठमाडौँ । कलिउड नायिका युना उप्रेती आमा बनेकी छिन् । उनले मङसिर ५ गते आइतबार अमेरिकास्थित अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । 

उनी आमा बनेको खबर उनले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् । ‘हाम्रो परिवारको नयाँ सदस्य पाउँदा निकै भाग्मानी महसुस गरिरहेका छौं । हाम्रो छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ मा जन्मिएकी हुन् ’ बेबीको फोटोसहित उनले फेसबुकमा लेखेकी छिन् । 

 

null

उनले फोटो सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा बधार्इ दिनेकाे अाइराे लागेकाे छ । नेपाली फिल्म् क्षेत्रमा युनाले आधा दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । युनाको अमेरिका बस्दै आएका विकास अधिकारीसँग विवाह भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *