धुम्रपान आजैबाट छौडौँ, मृत्युको मुखबाट बचाैं

धुम्रपान गर्ने हामी धेरैको बानी हुन्छ । यो हाम्रो स्वास्थ्यको लागि हानिकारक छ भनेर थाहा पाउँदा पाउँदै पनि यसको लतमा फस्ने धेरै छन् । ध्रुमपानले हाम्रो स्वास्थ्यलाई एकरत्ति फाइदा गर्दैन भन्ने सर्वविदितै छ । धुम्र कारण वर्षेनी हजाराैं मानिसहरु मृत्युको मुखमा पुग्ने गर्दछन् । र, पनि धेरै मानिसहरु यो सेवन गरिरहेका हुन्छन् । 

यो फोक्सोको क्यान्सरको प्रमुख कारक त हुँदै हो, त्यसअघि यो अम्मलले आन्द्रालाई पनि क्षति पुर्‍याउँछ । हालै गरिएको एउटा अध्ययन अनुसार, धुम्रपानका कारण आन्द्रामा क्षति पुग्न सक्छ र त्यसै कारण कोलाइटिसको खतरा बढ्ने आशंका हुन्छ । 

यो अध्ययन ‘फ्रन्टियर इन इम्युनोलजी’ जर्नलमा प्रकाशित छ । उक्त अध्ययन अन्तर्गत, अनुसन्धानकर्ताहरूले चुरोटको धूवाँको सम्पर्कमा आउने मुसामा यो प्रभावका लागि जिम्मेवार खास रक्तकोषिका र प्रोटिनको पत्ता लगाएका छन् । 

null

यो अध्ययनले वैज्ञानिकहरूलाई आन्द्रा सुन्निँदा हुने रोगहरूको उपचारमा सघाउ पुग्ने अनुमान छ । यसका माध्यमले कोलाइटिस बढ्ने खतराबारे आम मानिसलाई जागरुक गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *