‘ए’ डिभिजन लिग : आज आर्मी र संकटा, एनआरटी र थ्री स्टार, च्यासल र पुलिस भिड्दै

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आज सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् । 

संकटा लिगमा शतप्रतिशत जित निकाल्न सफल छ । विभागीय टिम आर्मी दुईमा जित र एकमा बराबरीको नतिजा सहित प्रतियोगितामा अपराजित छ ।संकटा ९ अंक सहित दोस्रो स्थानमा रहदाँ आर्मी ७ अंक सहित लिगको चौथो स्थानमा छ । 

खेल बिहान ११ बजे सुरु हुनेछ । 

null

यस्तै, दोस्रो खेलमा न्युरोड टिम एनआरटी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो साढे २ बजे सुरु हुने खेलमा एन्फा कम्प्लेक्समा हुनेछ । 

थ्री स्टार ६ अंक सहित तालिकाको पाँचौ स्थानमा रहदाँ एनआरटी मात्र एक अंक सहित पुछारदेखि तेस्रोमा छ ।  

तेस्रो खेलमा हल्चोकस्थित एपीएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगमा समान एक जित, एक हार र एक बराबरीको नतिजा निकालेका दुवै टोलीलाई उपाधि होडमा फर्कन आजकोे खेल महत्वपुर्ण छ । 

विमल घर्तिमगर, अमिर श्रेष्ठ र सन्तोष साहुखलको अग्रपङ्पतिले कुनैपनि समय विपक्षीलाई पराजित गर्ने हैसियत राख्छ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा पुलिस सातौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *