पीपिएलको फाइनलमा पोखरा, काठमाडौँ र चितवन दोस्रो चरणमा प्रवेश

कात्तिक १७, पोखरा । पोखरा पल्टन पोखरा प्रिमियर लिग-पीपिएल क्रिकेटको फाइनलमा पुगेको छ। राउन्ड रोबिन लिगको समाप्तिमा शीर्षस्थानमा रहेपछि पोखरा फाइलन पुगेको हो। 

पोखरासँग समान अंक भएपनि काठमाडौँ रोयल्स र चितवन राइनोज एलिमिनेटरका लागि छनोट भए। ६ अंक भएपनि नेटरनरेटमा चौथो स्थानमा रहेपछि एक्सपर्ट धनगढी पहिलो चरणबाटै बाहिरिएको छ। 

एलिमिनेटरको विजेता फाइनल पुग्ने छ। यो खेल आइतबार हुने छ। शनिबार भएको लिगको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो । 

null

पोखरा रंगशालामा काठमाडौंले दिएको १०४ रनको सामान्य लक्ष्य पोखराले १५ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । 

पोखराका लागि मोहमद नाभिदले ३६ रन जोड्दा रबि इन्दर सिंहले २२ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले अविजित १५ रन जोड्दा आसिफ शेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेको छ । काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर १ बलमा अलआउट हुँदै १०३ रन जोडेको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३१ रन जोडे । यस्तै अमित श्रेष्ठले २१ रन जोड्दा बसन्त रेग्मीले अविजित १९ रन जोडे । 

त्यस्तै पवन सरार्फले १२ रन बनाए । काठमाडौंलाई सस्तैमा समेट्न पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै मोहमद नाभिद र राशिद खानले २/२ विकेट लिए । 

जितसंगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ । 

राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चितवनले जित्नैपर्ने दबाबमा शनिबार विराटनगर टाइटन्सलाई चार विकेटले हरायो। 

विराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको लक्ष्य दिएको थियो। चितवनले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। चितवनका सन्नी पटेलले अविजित ५१ रन बनाए। उनले २४ बलमा चार छक्का र चार चौका हिर्काए। आरिफ शेखले पनि ३५ रन जोडे। विराटनगरका सन्दीप लामिछानेले चार विकेट लिए। उनले १९ औँ ओभरमा १८ रन खर्चिएका थिए। 

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ४५ रन जोड्यो। विराटनगरका मोहम्मद जैद आलम ५१ रनमा आउट भए। सुनिल धमलाले ४७ रन बनाए। 

विराटनगरले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो। आलमले ४७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे। धमलाले ४४ बलमा ७ चौका हिर्काए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *