३० हजार नर्स विदेश पलायन

काठमाडौं। सोचेअनुसार सेवासुविधा नपाएको सेवासुविधा नपाएको भन्दै नर्सहरू विदेश पलायन हुने क्रम रोकिएको छैन। अहिलेसम्म ३० हजार नर्स विदेशिन बाध्य भएको नेपाल नर्सिङ एसोसियसनले जनाएको छ।  

सरकारले नर्सिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउन नसक्दा ठूलो संख्यामा नर्सहरू पलायन भएको एसोसियसनको भनाइ छ। 

विदेशिने नर्समध्ये धेरैजसो अस्ट्रेलिया, अमेरिका क्यानडा र नर्वे पुगेको बताइएको छ। सरकारले न्यूनतम पारिश्रमिक १३ हजार चार सय रुपैयाँ तोके पनि अधिकांश नर्स १० हजार रुपैयाँसम्म तलब लिएर काम गर्न बाध्य छन्। देशभर झण्डै ८३ हजार नर्स रहेको र त्यसमध्ये ४० हजार विभिन्न अस्पतालमा कार्यरत छन्। 

null

नेपपाल नर्सिङ एसोसियसनका अध्यक्ष तारा पोखरेलका अनुसार नर्सलाई सरकार र अस्पतालले शोषणको व्यवहार गर्दा पलायनको दर बढेको हो। राजधानी दैनिक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *